
बागलुङ, २ बैशाख ।
वर्षा संगै परेको चट्याङले लागेर बागलुङ नगरपालिका–६ तीनतलेमा दुई युवती घाइते भएका छन् ।
मंगलबार साझ परेको चट्याङले लागेर तिनतले निवासी १४ बर्षिय प्रेरणा बर्देवा र पर्वतको कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार घाइते हुनुभएको छ । पर्वतको पाङकी पिंकी परियार माइतीघर बागलुङ आएकी हुन ।
दुवैको अवस्था खतरामुक्त रहेको छ । घाइतेको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।










