चट्याङ लागेर बागलुङमा एक युवती घाइते

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २ बैशाख ।
ठूलो हावाहुरी र पानीसंगै चट्याङ पर्दा बागलुङ नगरपालिकामा एकजना युवती घाइते भएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ६ तिनतलेका २१ बर्षिया पिंकि नेपाली मंगलबार साँझ परेको चट्याङले लागेेेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर घाइते भएकी नेपाली अचेल अबस्थामा रहेको र उपचारको लागि धौलागिरि अन्चल अस्पताल बागलुङमा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here