
बागलुङ, २ बैशाख ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा मंगबार विहान परेको ट्यान तीन जना सामान्य घाईते भएका छन भने घरमा क्षती पुगेको छ ।
मंगबार विहान ३ बजे रेशको साहुथरमा परेको चट्यान लागेर स्थानीय पवित्रा कुँवर, टिका कुँवर र ८८ वर्षिय लालबहादुर कुँवर सामान्य घाईते हुनुभएको हो । तीनै जना धौलागिरी अंस्पतालमा सामान्य उपचार पछि घर फर्केको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

चट्यान लागेर बमबहादुर कुँवरको घरभित्र र बाहिर चर्केर पूर्ण रुपमा क्षेत भएको स्थानीय हरि कुँवरले जानकारी दिनुभयो । घर चर्केको कारण बस्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
चट्यानले गाह्रो चर्काउनुका साथै जस्ताले छाएको घरको छानो तहस नहस बनाएको । तत्काल छानो मर्मत गरेर बसे पनि दीर्घरुपमा जोखिम पूर्ण रहेको वडाध्यक्ष प्रेम लामिछानेको भनाई छ ।
च्टयानले वरपरक छिमेकीहरूमा रहेका मिटर बक्स, सेट अप बक्स र टि भि मा पूर्णरुपमा क्षति पुराएको छ । घर नजिकैको सिमलको रुखमा चट्यान परेको थियो ।











