
बागलुङ, २ बैशाख ।
क्षत्री समाज बागलुङले बागलुङ नगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । समाजका कोषाध्यक्ष धन बहादुर कार्कीले बागलुङ नगरपालिकाका कर्मचारी कमल कार्कीलाई मंगलबार खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।
मुलुक लकडाउनमा रहेको र दैनिक मजदुरी गरि बिहान, बेलुका खाने मजदुरहरुलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको क्षत्री समाजका कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
फुड बैंकमा क्षत्री समाजले १५ बोरा चामाल, १ प्याक तेल, १ प्याक साबुन, १ बोरा मसुरो दाल र १५ केजी आयो नुन सहयो गरेको छ । उक्त खाद्यान्न नगरपालिकाले विपन्न, मजदुर परिवारहरुलाई वितरण गर्नेछ ।
क्षत्री समाजले विपन्न परिवारको लागि १ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले काठेखोला गाउँपालिका, गल्कोट नगरपालिकामा पनि खाद्यान्न सहयोग गरिने जानकारी दिनुभयो ।










