धौलागिरी अञ्चल अस्पतालमा शल्यक्रिया जारी

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

सिर्जना कार्की
बागलुङ, २ बैशाख ।
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न मुलुक लकडाउन रहेको छ । नीजि र ठूला अस्पतालहरुमा कोरोना संक्रमणका कारण विरामीहरुको उपचार नगरेको गुनासो सार्वजनिक आइरहेको छ । तर बागलुङको धौलागिरी अञ्चल अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ ।
नेपाल सरकारले कोरोना उपचार अस्पताल समेत घोषणा गरेको धौलागिरी अञ्चल अस्पताले इर्मेजेन्सी तर्फका सवै सेवा दिईरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डाक्टर शैलेन्द्र वि. पोखरेलले बताउनुभयो ।
अस्पतालमा बागलुङका २ जना कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरि उपचार गरिरहेको छभने इर्मेजेन्सि सेवाहरु नियमित संचालन गरिरहेको छ । अस्पतालमा रहेका २ जना कोरोना संक्रमित विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर पोखरेलले बताउनुभयो ।
सरकारले कोरोना संक्रमण रोक्न नियमित संचालन हुने ओपिडि सेवा बन्द गर्न आव्हान गरेकोले उक्त सेवा मात्र बन्द गरिएको डाक्टर पोखरेलले बताउनुभयो । उहाँले अस्पतालमा अहिले इर्मेजेन्सीका अन्य सेवाहरु नियमित दिइरहेको बताउनुभयो ।
नियमित ओपिडि बन्द भएपछि पहिले जस्तो धेरै विरामी नआएपनि दैनिक २०, २२ जना जति विरामीहरु आइरहेको छन् । अस्पतालले हेल्थ डेक्स स्थापना गरि सेवा प्रवाह गरिरहेको छ । अस्पतालले हेल्थ डेक्सबाट ज्वरो आएका शंकास्पद विरामीलाई छुटै र अन्य इर्मेजेन्सीका विरामी सिधै इर्मेजेन्सीबाट सेवा प्रवाह गरिरहेको डा. पोखरेलले बताउनुभयो ।
पहिले ओपिडिबाट नियमित २ सय भन्दा बढी विरामीले सेवा लिने गरेकोमा अहिले दैनिक २०, २२ जना विरामीहरुले सेवा लिइरहेका अस्पतालले बतायो । अस्पतालले लकडाउन अवधिभरको लागि डाक्टरहरुलाई सधै हडलाइन नम्बरबाट सम्पर्क गरि स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था गरेको छ । हडलाइन नम्बरबाट विरामीहरुलाई नियमित स्वास्थ्य सल्लाह दिइरहेको डाक्टर पोखरेलले बताउनुभयो । हडलाइन नम्बरमा कोरोना संक्रमण आशंका लागेर र हाड जोर्नी लगायतका अन्य रोगका विरामीहरुले सम्पर्क गर्ने गरेको र सल्लाह दिइने गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा लकडाउन सुरु भएको चैत ११ गतेदेखि बैशाख २ गते विहानसम्म ५२ जनाले प्रसुति सेवा लिएका छन् । ति मध्य ११ जनाले शल्यक्रिया (अप्रेसन) मार्फत सेवा लिएको अस्पतालको अप्रेसन थिएटर इन्चार्ज देवी भट्टराईले बताउनुभयो । यस्तै अस्पतालमा ११ जनाले अर्थोपेडिक शल्यक्रिया (अप्रेसन) सेवा लिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here