नयँ बर्षको दिन परेको नसिनापानीले अन्नबाली र तरकारी खेतीमा ठूलो क्षति

म्याग्दी, २ बैशाख ।
जिल्लाको रघुगंगा गाउँपालिकामा गएराती परेको लगातारको असिनापानीले अन्नबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ भने ग्रामिण सडक समेत अस्तब्यस्त भएको छ ।
सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले अन्नबालीसँगै वडा नं २ भगवतीमा घर भत्किने, चर्किने, आगन, शौचालय र बाढीले सडक समेत अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।


‘एकफिटसम्म असिना परेको छ,‘क्षतीको विवरण अझै संकलन गरी उचित राहतको ब्यवस्था गछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो । खेतबारीको अन्नबाली भित्राउनै नमिल्ने गरी सखाप पारेको बताउँदै गाउँपालिकाभित्रका सबै वडामा क्षतीको अवस्थामा बारेमा बुझ्ने बताउनुभयो ।
रातभर लगातार परेको असिनापानीले वडा नं ४ दग्नाममा समेत ठूलो क्षती भएको वडा अध्यक्ष रुक बहादुर गर्बुजाले दग्नाममा गहुँ, जौबाली, आलु र अन्य तरकारी खेती नष्ट भएको बताउनुभयो । ‘खेतबारीमै असिनाले उठाउनै नमिल्ने गरी सखाप पारेको छ,‘हेर्न सक्ने अवस्था छैन’ । यता जिल्लाका अन्य स्थानीय तहमा समेत असिनापानीले क्षती पुर्याएको हुनसक्ने जनाइएको छ । जिल्लाभरको अवस्थामा बारेमा बुझ्ने प्रयास भइरहेको छ ।

तस्वीर सौजन्य: गुन पुन दग्नाम

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here