
बागलुङ, १ बैशाख ।
कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्र बागलुङमा चैत्र एक गते यता विदेशबाट घर फर्केर ‘होम क्वारिन्टन’मा रहेकाहरुको ¥यापिड टेष्ट तीव्र रुपमा भैरहेको थियो ।
स्वास्थ्य परीक्षण अभियान अन्तर्गत आईतबार काठेखोला गाउँपालिकामा ५७ जनाको स्वास्थ्य परीक्षण गरियो । परीक्षणको क्रममा काठेखोला गाउँपालिका–६ इकारपानीकी ६५ वर्षिय महिलामा संकास्पद लक्षण भेटियो । अन्य ५६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
६५ वर्षिय महिलामा कोरानाको संकास्पद लक्षण भेटिए पछि उहाँलाई कोठेखोला गाउँपालिकाले भीमसेन माविमा निर्माण गरेको क्वारेन्टिनमा राख्ने तयारी भयो । गाउँपालिकाले कोरोनाका संकास्पद विरामीलाई निःशुल्क यातायात सुविधा दिने गरी नेपाल रेडक्रस सोसाईटी बिहुँ उपशाखाको एम्बुलेन्ससँग सम्झौता गरेको थियो ।
यातायत सम्झौता बमोजिम गाउँपालिकाले संकास्पद महिलालाई क्वारेन्टिनमा पु¥याउने एम्बुलेन्स चालकलाई आग्रह गर्दा चालकले एम्बुलेन्स बिग्रेको जानकारी गराए । एम्बुलेन्स बिग्रेको जानकारी पाए पछि निकै अलमलमा परेको गाउँपालिकालाई प्रहरीको साथ मिल्यो । प्रहरीको सहयोगले उहाँलाई क्वारेन्टिमासम्म पु¥याईयो ।
आवश्यक पर्दा विग्रेको एम्बुलेन्ससँग काठेखोला गाउँपालिकाले सम्झौता रद्द गरेको । काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले सोमबार सार्वजनिक सूचना जारी गर्दै एम्बुलेन्स संचालन सम्बन्धी रेडक्रस उपशाखासँग भएको सम्झौला रद्द गरेको जानकारी दिनुभयो ।
सूचनामा भनिएको छ ‘महामारीको क्षणमा एम्बुलेन्स सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन नसकिएको भन्ने जनगुनासो आएकाले बैशाख एक गतेदेखि काठेखोला गाउँपालिका र नेपाल र रेडक्रस सोसाईटीका बिहुँकोट शाखाबीच भएको उम्बुलेन्स संचालन सम्झौता रद्द गरिएको छ ।’
‘अबका दिनदेखि सो एम्बुलेन्स सेवा नेपाल रेडक्रस सोसाईटी बिहुँकोट शाखाद्धारा नै संचालन हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ’ सूचनामा उल्लेख छ । गाउँपालिकाले लकडाउन अवधिभर एम्बुलेन्स संचालन गर्न, मर्मत संम्भार, सवारी चालकको तलब भत्ता, इन्धन बेहोर्ने गरी सम्झौता गरेको थियो ।
एम्बुलेन्सको स्ट्रेनिङ आयल पाईप बिग्रेको एम्बुलेन्स चालक करन पुनले बताउनुभयो । मर्मतको लागि पोखरादेखि सामान मगाउँदा ढिला भयो उहाँले भन्नुभयो– ‘सोमबार मात्रा सामान आएको छ ।’ रेडक्रस उपशाखाका सभापति श्रीप्रसाद न्यौपानेले प्राविधिक विषयमा जानकारी नभएको बताउनुभयो ।
‘सवारीलाई तयारी अवस्थामा राख्न भनेको हो’ उहाँले भन्नुभयो–‘ यो बीचमा एक पटक पोखरा गएर फर्के पछि बिग्रेको जानकारी भयो ।’ आफु लकडाउको कारण चितवनमा बस्नु परेकोले थप जानकारी नभएको उहाँको भनाई छ ।











