
बागलुङ, १ बैशाख ।
बागलुङको बरेङ गाउँपालिकाको जनता प्रावि बाटाकाचौरको क्वारेन्टाइनमा रहेका एक युवाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
चैत्र १० गते भारतको सुनौली नाका हुँदै घर फर्केका उहाँको स्वाब परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो । उक्त क्वारेन्टाइनमा रहेका अन्य ३ जनाको यस अगाडी नै नेगेटिभ रिपोर्ट आएको थियो ।










