र्‍यापिड टेष्टमा पोजेटिभ आएको महिलाको स्वाबको रिपोर्ट नेगेटिभ

बागलुङ, १ बैशाख ।
काठेखोला गाउँपालिका–६ की ६५ बर्षिया महिलाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गाउँपालिकामा आईतबार र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षणको लागि पठाएको थियो ।
उक्त स्वाबको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो । उहाँसँगै स्वाब परिक्षणको लागि पठाइएको उहाँको ३० बर्षिय छोराको पनि नेगेटिभ रिपोर्ट आएको सूचना अधिकृत गौतमले जानकारी दिनुभयो ।
किट परिक्षणमा महिलाको रिपोट पोजेटिभ आएपछि आईतबार राती उहाँलाई र छोरालाई भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टिइनमा राखिएको थियो । उनी भारतमा तिर्थ गएर चैत ६ गते घर फर्कनुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here