नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

बागलुङ, १ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको जानकारी गराइएको छ ।
आज (सोमबार) २ जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कैैलालीकी ६५ वर्षीया महिला र रौतहटको १९ बर्षिय युवालाई संक्रमण देखिएको जानकारी गराएको छ ।
उनीहरु मध्ये एक निको भइसकेका छन् ।
रौतहटको क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ । ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ।
आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती महिला चैत १७ गते वीरगन्जबाट कैलाली गएकी थिइन् ।
वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए ।
यस्तै बेल्जियमबाट आएका बागलुङका १९ बर्षिय किशोरी र ६५ बषियाा महिलालाई संक्रमण देखिएको थियो । उनीहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।
नेपालका संक्रमित १ जना  निको भएर घर फर्कि सकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here