कोरोनाको आशंका गरिएकी काठेखोलाकी महिला र उनका छोराको स्वाब परिक्षणको लागि पोखरा पठाइयो

बागलुङ, १ बैशाख ।
कोरोना भाइरसको आशंका गरिएकी काठेखोला गाउँपालिका–६ इनारपानीकी ६५ बर्षिय महिला र उनका छोराको स्वाब संकलन गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेर नमुना परीक्षणका लागि पोखरा पठाएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकाको क्वारेन्टाइनमा आएर आइतवार राति ६० वर्षीय ती महिला र उनका छोराको स्वाब संकलन गरेको हो ।
आज बिहान जिल्ला स्वास्थ्य कार्यालयले स्वाबलाई नमुना परीक्षणका लागि पोखरा अस्पताल पठाएको अध्यक्ष थापाले बताए । स्वाब परीक्षणको रिपोर्ट आज राति वा भोलि बिहानसम्म आउने छ । क्वारेन्टाइनमा रहेकी ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
गालुङको काठेखोला गाउँपालिकामा आइतवार स्वास्थ्यकर्मीले र्‍यापिट किट टेस्ट गर्दा ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जिल्लाबाट स्वास्थ्यकर्मीको टोली बोलाइएको थियो । ती महिला २० दिनअघि भारतको गयामा धार्मिक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन् । उनका परिवारका सदस्यमा भने कुनै लक्षण देखिएको छैन । सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनीसँगै बसेको छोराको पनि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here