कार्य क्षेत्रमा ताली बजाएर नयाँ वर्षको स्वागत गर्न महासंघको आव्हान

बागलुङ, ३० चैत ।
नेपाल पत्रकार महासंघ बागलुङले नयाँ वर्ष २०७७ लाई कार्य क्षेत्रमा एक मिनेट ताली बजाएर स्वागत गर्न संचार गृहलाई आग्रह गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष दिल शिरीषले आईतबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामको लागि युद्धस्तरमा खटियाका युद्धकर्मीको स्वागत र सम्मान गर्दै एक मिनेट तालि बजाउन आग्रह गर्नुभएको हो ।
सूचनामा भनिएको छ ‘नयाँ वर्षको शुभारम्भसँगै २०७७ बैशाख १ गते बिहान ६ बजे कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि कर्मचारी पत्रकार, समुदाय स्तरमा खटिनु भएका स्वयंसेवक र लक डाउनको पालना गरिरहनुभएका आम जनसमुदाय प्रति उच्च सम्मान व्यक्त गर्न आ(आफ्नो स्थानबाट एक मिनेट ताली बजाऔ ।’
नेपाल पत्रकार महासंघ, गैसस महासंघ लगायत नेपालका सबै नागरिक संघ संस्थाको सामूहिक आह्वानमा जिल्ला स्थित टेलिभिजन, एफएम रेडियोलाई ठिक ६ बजे १ मिनेट सञ्चार माध्यमबाट समेत ताली बजाएर समाचार शुभारम्भ गर्न आग्रह गरेको महासंघका अध्यक्ष शिरीषले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here