बागलुङ, २९ चैत ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाको पाग्जा र ढाँडामा शनिबार दिउँसो परेको चट्यान लागेर १ जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् ।
पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान लागेर ज्यान गएको हो ।
रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो । उनीसँगै रहेकी २० बर्षिया रेश्मी भट्ट घाईते भएकी छिन् ।
यस्तै आजै दिउँसो पैयुँपाटाको ढाँडामा परेको चट्यानले लागेर ५ जना घाईते भएका छन् ।
चट्यान लागेर ढाँडाकी ४१ वर्षिय कोपिला हरिजन, ६२ वर्षिय फुलमती हरिजन, २६ वर्षिय लक्ष्मी नेपाली र ७२ वर्षिय ताराखर सार्की घाईते हुनुभएको छ । घाईते चारै जनाको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको छ । घाईते ७२ वर्षिय ताराखर सार्कीको अवस्था गम्भिर रहेको छ । चट्यान लागेर सामान्य घाईते पहरेका ४१ वर्षिय मानबहादुर कुँवर र सावित्री हरिजन घरमै रहनुभएको छ ।










