बागलुङ, २९ चैत ।
बागलुङ नगरपालिका–१३ पाग्जामा आज दिउँसो परेको चट्याङले लागेर एक युवाको मृत्यु भएको छ ।
घरको पीडिमा बसिरहेको अवस्थामा चट्याङले लागेर घाइते भएका बानपा–१३ गलुवाका शंकर रिजालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनलाई धौलागिरी अञ्चल अस्पताल बागलुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि नवराज भट्टले बताए ।










