
बागलुङ, २९ चैत ।
कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३९७ जनामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ ।
जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो ।
विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड गाउँपालिकाका ११४ जना, निसीखोला गाउँपालिका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनाका र्यापिड टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको र्यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ । बागलुङमा बिहिबारदेखि र्यापिड टेष्ट सुरु गरिएको थियो । हालसम्म ५०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो दिन १२, दोस्रो दिन ९४ र तेस्रो दिन ३९७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ६, निसीखोला गाउँपालिकामा १०३,काठेखोला गाउँपालिकामा ५६,बडिगाड गाउँपालिकामा १६१, गलकोट नगरपालिकामा १२ र ताराखोला गाउँपालिकामा ३३ जना छन् ।
स्वास्थ्य मन्त्रालयर्ले यापिड टेष्टका लागि प्रयोग जिल्लामा १ हजार थान आरबिटि किट पठाएको छ । बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।










