राहतको वितरण गर्न वडा कार्यालयलाई रामरेखा सामुदायिक वनले २ लाख ५० हजार दिने

बागलुङ २८ चैत ।
बागलुङ नगरपालिका–१ को रामरेखा सामुदायिक वन उपभोक्ता समितिले गरिब, मजदुरलाई राहत दिने भएको छ ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई वडा कार्यालय मार्फत सहयोग गर्न २ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
समितिको शुक्रबार बसेको बैठकले वडा मार्फत बजारका गरिव तथा मजदुरर्लाइ राहत वितरण गर्ने निर्णय गरेको समितिका अध्यक्ष कर्णबहादुर बोहोराले जानकारी दिनुभयो ।
विश्वभर महामारीको रुपमा फैलिएको रोकोना भाइरसका कारण समस्यामा परेका नागरिहरुको उद्धारको निम्ति सहयोग गर्न थालेको समितिका अध्यक्ष कर्णबहादुर बोहोराले जानकारी दिनुभयो ।
उहाँले बजारमा मजदुरहरुमा भोकमरीको अवस्था सिर्जन हुन सक्ने भन्दै आफूहरुको सहयोगले मजदुरहरुलाई केही दिन छाक टार्न सहज हुने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here