बागलुङमा ८९३ जनाको कारोना ‘र्‍यापिड टेष्ट’ गरिने

तस्विरः राजेशचन्द्र राजभण्डारी

बागलुङ, २७ चैत ।
कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा बिहिबारदेखि कोरोनाको दुर्त (र्‍यापिड टेष्ट) परीक्षण शुरु भएको छ ।
र्‍यापिड टेष्टको लागि बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली किट र अन्य सामाग्रीसहित बागलुङ आएको थियो ।
कोरोना परीक्षणका स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेल नेतृत्व टोली बागलुङमा रहेको छ ।
उक्त टोलीले विहिबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याव टेक्निसियनसँग धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण मार्फत टेष्ट किट परीक्षण गरेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
छिमेकी जिल्लाका ल्याव टेक्निसियनलाई समेत कोरोना परीक्षणमा सहभागी गराउँदा सम्बन्धी जिल्लामा परीक्षणमा सहजता हुने स्वास्थ्य सेवा विभागकका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेलको भनाई छ ।
तालिममा सहभागी बागलुङकै ल्याब टेक्निसियनहरुले शंकास्पद व्यक्तिको नमुना संकलन गरी स्वास्थ्य परीक्षण गर्ने छन् । उक्त परीक्षण रगत मार्फत गरिने छ । परीक्षणको १५ मिनेटमा नतिजा आउने छ ।
टोलीले विहिबार अञ्चल अस्पतालमा कार्यरत तीन जना ल्याव टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परिक्षण गरिएको थियो । अस्पतालका ल्याव टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लिप्रसाद आचार्यको ¥यापिड टेष्ट गरी बागलुङमा कोरोना परीक्षणको शुरुवात गरिएको हो ।
नमूनाको रुपमा परिक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोटए नेगेटिभ आएको थियो । बागलुङमा कोरोना संक्रमितको परिवार तथा बागलुङमा चैत्र १ गतेदेखि यता विदेशबाट आएकाहरुलाई कोरोना परीक्षण गरिनेछ ।
बागलुङमा विहिबारदेखि सुरु भएको दुर्त परीक्षण ३० गतेसम्म संचालन हुने छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौका अनुसार बागलुङ बागलुङ नगरपालिकामा १९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८ को स्वास्थ्य परीक्षण हुने छ ।
बरेङ्ग गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १०३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १६१, गल्कोट नगरपालिकामा १२८ र ताराखोला गाउँपालिका ३३ जना गरी कुल ८९३ जनाको स्वास्थ्य परीक्षण गरिने छ ।
स्वास्थ्य परीक्षणको लागि धौलागिरी अंचल अस्पतालका ६, स्वास्थ्य कार्यालयका एक र सम्बन्धी पालिकाको एक जना ल्याव टेक्निसियन परिचालन गरिने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here