बागलुङमा कोरोना भाईरसको ‘र्‍यापिड टेष्ट’ सुरु

तस्विरः सज्जनकुमार सिंह

नवीन शिशिर
बागलुङ, २७ चैत ।
कोरोना भाईरसको उच्च जोखिममा रहेको बागलुङमा बिहिबारदेखि कोरोनाको दुर्त (र्‍यापिड टेष्ट) परीक्षण शुरु भएको छ ।
¥यापिड टेष्टको लागि बुधबार साँझमात्रै स्वास्थ्य सेवा विभागको टोली किट र अन्य सामाग्रीसहित बागलुङ आएको थियो ।
कोरोना परीक्षणका स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेल नेतृत्व टोली बागलुङमा रहेको छ । उक्त टोलीले विहिबार बिहान बागलुङ, पर्वत र म्याग्दीका ल्याव टेक्निसियनसँग धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाको नमूना परीक्षण मार्फत टेष्ट किट परीक्षण गरेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
छिमेकी जिल्लाका ल्याव टेक्निसियनलाई समेत कोरोना परीक्षणमा सहभागी गराउँदा सम्बन्धी जिल्लामा परीक्षणमा सहजता हुने स्वास्थ्य सेवा विभागकका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेलको भनाई छ ।
तालिममा सहभागी बागलुङकै ल्याब टेक्निसियनहरुले शंकास्पद व्यक्तिको नमुना संकलन गरी स्वास्थ्य परीक्षण गर्ने छन् । उक्त परीक्षण रगत मार्फत गरिने छ । परीक्षणको १५ मिनेटमा नतिजा आउने छ ।
बागलुङमा दुई संक्रमित पुष्टि भएपछि जोखिम भएकाको के कसरी परीक्षण गर्ने भन्नेबारेमा योजना निर्माणका लागि छलफल जारी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ’
हाम्रो र अञ्चल अस्पतलाको जनशक्ति सिमित छ, अब पालिका स्तरमा जाँच गर्ने कि भन्नेमा छौ, गुरौले भने, ’घर घरमै जान सम्भव छैन, पालिकास्तरमा भएका क्वारेन्टाइनमा पुगेर टेष्ट गर्ने कि भन्नेमा छौं, दिउँसो बैठक बसेर योजना निर्माण गर्छौ ।’
ल्याब टेक्निसियन पौडेलका अनुसार बागलुङमा एक हजार जनाको दुर्त परीक्षण (¥यापिड टेष्ट) गर्ने किट, दुई थान अत्याधुनिक भेन्टिलेटर, एक सय थान पर्शनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई) र एक हजार थान मास्क समाग्री समेत महाशाखाको तर्फबाट ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
टोलीले विहिबार अञ्चल अस्पतालमा कार्यरत तीन जना ल्याव टेक्निसियन तथा स्वास्थ्यकर्मीको नमूनाका रुपमा कोरोना परिक्षण गरिएको थियो । अस्पतालका ल्याव टेक्निसियन सुरज बराल, स्वास्थ्यकर्मी देवप्रसाद घिमिरे र डिल्लिप्रसाद आचार्यको ¥यापिड टेष्ट गरी बागलुङमा कोरोना परिक्षणको शुरुवात गरिएको हो ।
नमूनाको रुपमा परिक्षण गरिएका स्वास्थ्यकर्मीको रिपोटए नेगेटिभ आएको थियो । बागलुङमा कोरोना संक्रमितको परिवार तथा बागलुङमा चैत्र १ गतेदेखि यता विदेशबाट आएकाहरुलाई कोरोना परीक्षण गरिनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here