काठेखोला–५ विहुँकोटका ९८ विपन्न र मजदुर परिवारलाई राहत वितरण

भरत प्रसाद सापकोटा
बागलुङ, २७ चैत ।
बागलुङ जिल्लाको कांठेखोला गाउँपालिका वडा ५ बिहुँकोटले बुधबार विपन्न र मजदुर परिवारलार्य राहत वितरण गरेको छ ।
गाउँपालिकाले तयार गरेको कार्यविधिलाई आधार बनाएर विहुँकोटका ९८ घरपरिवारलाई राहत विरण गरिएको वडाअध्यक्ष शिवप्रसाद कंडेलले बताउनुभयो ।

कंडेलले जना बराबर १ परिवारलाई आधार मानेर १ बोरा चामल, ३ केजी दाल, १ ओटा साबुन, १ लिटर तेल, दुई पोका नुन र ३ जना भन्दा कम परिवारलाई त्यसको आधारको दरमा राहत वितरण गरिएको बताउनुभयो ।
वडामा धेरै विपन्न बर्ग र मजदुरहरु रहेकोले सर्बदलिय बैठकले ति मानिसहरुको अवस्थालाई आंकलन गरि अत्यन्तै न्युन आर्थिक अवस्था बेसाहारा र बिपन्न बर्गहरुका घर घर र टोलमा राहात पुर्याएको अध्यक्ष कडेंलले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here