पाँच दिनपछि बागलुङ आइपुग्यो र्‍यापिड टेष्ट गर्ने टोली, भोलीदेखि परिक्षण हुने

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २६ चैत

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइस (कोभिड-१९)का दुई जना संक्रमित बागलुङ जिल्लामा पुष्टि भएपछि सरकारले बागलुङलाई उच्च जोखिममा राखेर बागलुङमा गर्ने घोषणा गरेको ५ दिनपछि टोली आज (बुधबार) साँझ सदरमुकाम बागलुङ बजारमा आइपुगेको छ ।
मन्त्री परिसदको शुक्रबार बसेको बैठकले बागलुङ लगायत कैलाली कंचनपुरमा कोरोना भाइरसको आशंकामा बिदेशबाट आएका ब्यक्तिको बागलुङमा गर्ने घोषणा गरेको थियोे । सरकारले टोली हिड्यो भनेको ५ दिनपछि मात्रै किट र प्राबिधिक सहितको ४ जनाको टोली आइपुगेका हुन् ।
मेडिकल टिम धनप्रसाद पौडेलको नेतृत्वमा अस्पतालमा कोरोना भाइरस कोभिड १९ लाइ लक्षित गरि स्वास्थ्य कर्मिको लागि चाहिने अतिआश्यक स्वास्थ सामाग्री ल्याएर हस्तान्तर गरेका छन् ।
चश्मा सेफ्टि २५ थान पन्जा ४०० जोर ग्राउन १०० सर्जिकल क्याप १०० थान सुकभर १०० फेस सिल्ड ७५ पिस एन ढछ मास्क १०० मास्क १००० थान आएपछि स्वास्थ्य सेवामा थप मद्दत पुग्ने अस्पतालले जनाएको छ ।
नेपाल सरकारले जिल्लामा जोखिम बढे पछि कोरोनाको दुर्त परीक्षण र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिइए पश्चात परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै ८ सय १३ र संक्रमितको सम्पर्क तथा गाउँका केहीको गरेर ९ सय जना भन्दा बढी ब्यक्तिहरूको नमुना परीक्षण गर्नुपर्ने बताएको भए पनि र्‍यापिड टेष्टको विश्वसनियतामा जिल्लावासीले शंका व्यक्त गरेका छ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here