पत्रकारको लागि विशेष राहत प्याकेज ल्याउन पत्रकार महासंघ बागलुङको आग्रह

बागलुङ, २६ चैत ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले स्थानिय तहहरुलाई सञ्चार माध्यमहरुले तिर्नुपर्ने कर छुट सहित पत्रकारको लागि विशेष राहत प्याकेज ल्याउन अनुरोध गरेको छ ।
महासंघका अध्यक्ष दिल शिरीषले आज एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना (कोभिड–९) संकटको कठिन घडीमा पत्रकारले असहज परिस्थितिका बीच अनेकौँ कठिनाइ र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व बहन गरिरहेको बताउनुभएको छ ।
विज्ञप्तीमा नयाँ बर्ष २०७७ को सम्मुखमा यस्तो संकट आएको र जिल्लाका संचार माध्यमले शुभकामना÷विज्ञापन मार्फत स्रोत संकलन गरेर केहि महिना मिडिया चलान सहज हुने गरेकोमा अहिलेको त्यो शोभनिय नहुने परिस्थिति तथा जोखिमको समयमा पत्रकार सुरक्षा र सञ्चार माध्यमको नियमितता एवम् प्रभावकारिताका लागि त्तकाल जिल्लाका सवै स्थानिय तहलाई मिडिया परिचालन विशेष बजेट वियोजित गर्न आग्रह गरिएको । महासंघले कोरोना संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धि सचेतनामुलक सन्दे र सूचना प्रकाशन/प्रसारण गर्न माहासंघसँग सहकार्य गर्न स्थानिय सरकारसँग आग्ह गरेको छ ।
महासंघले जस्तोसुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रको अग्रभागमा रहेर सत्य तथ्य समाचार सम्प्र
महासंघले नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको र दुई संक्रमित पुष्टि सँगै बागलुङ उच्च जोखिममा देखिएकाले थप संक्रमण फैलिन नदिन बिशेष भुमिका खेल्नुपर्ने बताएको छ । महासंघले पत्रकारहरुलाई आफु सुरक्षित हुँदै समाजका नागरिकलाई सुरक्षित रहन सचेत बनाउने सवालमा स्थानिय सरकार र सरोकारवालालाई थप जिम्मेवार बनाउने, यसक्रममा उपचार, राहतमा हुन सक्ने बाहनाबाजी, ढिलाई, लापारबाही, अनियमिततामा अत्यन्त सुक्ष्म ढंगले रखबारी गर्न अनुरोध गरेको छ ।
अध्यक्ष दिल शिरीषले जारी गरेको विज्ञप्तीमा कठिन समयमा पनि पत्रकार सञ्चारकर्मी साथीहरु कार्यक्षेत्र र आफ्नो जिम्मेवारीमा प्रतिवद्ध र समर्पित छन् । तर, जिल्ला स्थित कतिपय सञ्चार माध्यमले यो कठिन घडीमा पनि नियमित तलब नदिएको गुनासो रहेकाले तत्काल उपलब्ध गराउन, यदी नियमित छ र लकडाउनमा जटिलता भए थप पेश्की तलबको समेत व्यवस्था गर्न र कार्यक्षेत्रमा आवश्यक पूर्ववत सुरक्षा सचेतताको अनिवार्य व्यवस्था गर्न सञ्चार माध्यम सञ्चालकलाई आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here