
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २६ चैत ।
बागलुङमा जिल्ला प्रहरी कार्यालयले कडाई गरेपछि लकडाउन उल्लंघन गर्नेहरु घटेका छन् । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा फैलिन नदिनको लागि सरकारले मुलुक लकडाउन गरेपछि अटेर गर्दै उल्लंघन भइरहेपछि प्रहरीले कडाइका साथ लागु गराएको छ ।
बागलुङ जिल्लामा प्रहरी कडिकडाउ रूपमा उत्रिपछि लकडाउन उलंघन गरि बजारमा छरपस्ट हिड्नेमा कमि आएको छ ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्नेहरूलाई धमाधम कार्वाही गरेर पक्राउ गर्न थालेपछि यतिबेला लकडाउन प्रभावकारी बन्दै गएको प्रहरीले जनाएको छ । आइतबार, सोमबार र मंगलबार ७ दर्जनभन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेपछि बागलुङबासी घरबाट बिना काम निस्कन छोडेका छन् ।
लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलाइ पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेपछि छरपस्ट रूपमा घर बाहिर निस्कन छोडेका छन् । लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरूलाई बिहान देखि बेलुकासम्म पक्राउ गर्ने अभियान प्रहरीले शुरूवात गरेपछि यसलाई बागलुङबासिले प्रहरीको सकारात्मक काम भनि प्रशंसा गरेका थिए ।

क्वारेन्टाइनमा घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घरबाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि नवराज भट्टले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले सरकारले घोषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न तरकारी लगायतका सामाग्री समेत खरिद गर्न ननिस्कन एक दिन पहिलै सुचना जारी गरेको थियो । दिनहु दर्जनौंको संख्यामा पक्राउ हुँदै आएकोमा भने बुधबार एकजना पनि कार्वाहीमा नपरेको एसपि भट्टले बताउनुभयो । लकडाउनलाई प्रभावकारी बनाउन बिहान दिउँसो बेलुका जुनसुकै बेला प्रहरी सक्रिय भएर लागिरहेको भट्टले बताउनुभयो ।
बागलुङ सदरमुकाम लगाएको लकडाउन लाइ उलंघन गर्दै बागलुङबासीहरू सडकमा छरपस्ट मोटरसाइकल, स्कुटी र गाडी लिएर हिड्न थालेपछि यसको जनस्तरबाटै बिरोध भएको थियो । कोरोना भाइरस (कोभिड–१९)बाट अहिलेसम्म बागलुङ जिल्लामा २ जनालाई संक्रमित पुष्टि भइ अहिले धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा बसेर उपचार गरिरहेका छन् ।










