
बागलुङ, २६ चैत ।
काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
सरकारले मुलुक ‘लकडाउन’ गरे पछि दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर काम विहिन हुँदा समस्यामा परेका मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको वडाअध्यक्ष चित्रकला श्रीसले बताउनुभयो ।
उहाँले काम विहिन हुँदा दैनिकी चलाउन मुस्किलमा परेका दैनिक ज्यालादारीमा काम गर्ने र अशक्त असाहाय ६४ परिवारलाई मंगलबार चामल, दाल र नुन जस्ता खाद्यन्न सामाग्री वितरण गरेको बताउनुभयो ।

राहत वितरणको अवसरमा लेखानीका ५९० घरधुरीलाई साबुन र सेनिटाईजर वितरण गरिएको थियो । जापान समाज लेखानीको ५१ हजार र जापान निवासी लिलाधर कंडेलको २५ हजार सहित वडामा रहेका सामुदायिक बन लेखानी, कादेश, आमा समुह, वार्ड कोष साविक १–९ सहकारी महिला समिति सवैको आर्थिक सहयोगमा साबुन र सेनिटाईजर वितरण गरिएको हजापान समाज लेखानी बागलुङका सदस्य तेजबहादुर केसीले जानकारी दिनुभयो ।










