लकडाउनको पालना गरि सुरक्षित रहन प्रदेश सांसद सापकोटाको आग्रह

बागलुङ, २५ चैत ।
गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।
सापकोटाले विज्ञप्ती प्रकाशित गर्दै नेपालमै एक स्थानियलाई कोरोना भाइरसको संक्रमण देखिएकाले सरकारले दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्दै लकडाउनलाई कडाई गरेकोले अनुशासित पूर्वक सतर्कता र सजक रहि लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले जिल्लाको कोरोना भाइरसको इपिसेन्टर बनेको र यस अवस्थामा सरकारले धौलागिरी अञ्चल अस्पतालमा आइसियुको स्थापना गर्ने, भेन्टिलेटर सहितको उपचार सेवा उपलब्ध गराउने र ¥यापिड टेष्ट किडको माध्यमबाट धेरैको परिक्षण गर्ने महत्वपूर्ण कामको थालनी गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । प्रदेशसभा सदस्य सापकोटाले सरकार अत्यन्तै जिम्मेबारी र संवेदनशिल बनेर अघि बढिरहेको बेला कसैले राजनीतिक दाउपेजका नाममा व्यक्ति, समुह तथा पार्टीको स्वार्थका लागि मानविय मुलय मानयतालाई धरापमा राख्ने र अमानविय तथा गैरजिम्मेबारी तरिकाले गलत अभिव्यक्ति तथा अफवाह फैलाउने कोसिस गरिरहेकोले त्यो कार्य दुःखद र गलत रहेको बताउनुभएको छ । यस्तो कार्य नगर्न र सवै एक जुट भएर कोरोना भाइरसको विरुद्ध लड्नुपर्ने विज्ञप्ती मार्फत बताउनुभएको छ ।
सांसद सापकोटाले संकटको बेलामा आफुले जिल्लामा रहेर संक्रमित विरामीको उपचार कसी प्रभावकारि बनाउने, थप संक्रमण हुनबाट कसरी रोक्ने विषयमा सम्बन्धित पक्षहरुसँग नियमित सम्पर्क तथा परामर्श गरिरहेको बताउनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here