कोरोनाबाट आतंकित मानव समुदायको मुक्तीको लागि कालिका मन्दिरमा पुजा

बागलुङ, २५ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट आतंकित मानव समुदायको मुक्तिको लागि र सुस्वास्थ्यको लागि बागलुङको कालिका भगवती मन्दिरमा ३ दिने पाठ जारी रहेको छ ।
कोरोना भाइरसबाट बच्न र बचाउन तथा विश्व शान्तिको कामना गर्दै मन्दिरमा पुजापाठ गरिएको कालिका भगवती व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो ।
विश्वभर कोरोनाले हजारौँ मानिसहरुको ज्यान गईसकेको र हजारौँमा संक्रमित भइरहेको अवस्थामा नेपालमा पनि कोरोना यसको प्रभाव बढेकाले कारोनाबाट आतकिंत भएका मानिसहरुलाई धार्मिक परम्परा अनुसार सु–स्वास्थ्यको कामनाका लागि पुजा आराधाना गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
कोरोना भाइरस विश्वबाट नै विस्तारै हटोस् भन्ने कामना सहित सोमवारदेखि सुरु गरिएको पुजापाठ र हवन भोलि पूर्णिमासम्म गरिने खड्काले जानकारी दिनुभयो । उहाँले सवैले घरमै बसेर कालिका भगवतीको आरधना गर्न सम्पूर्णलाई अनुरोध गर्नु भयो ।
साथै कालिका भगवती मन्दिरमा हुने नियमति पुजा तथा आराधना संचालन भईरहेको अध्यक्ष खड्काले बताउनुभयो । साथै देवी पुजा, भाकल तथा अन्य कार्यहरु कोरोना आतंक सकिएपछि हुने खड्काले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here