जन्मदिनमा स्थानियलाई माक्स र सावुन वितरण

शान्त खत्री ‘मौसम’
ताराखोला, २५ चैत ।
ताराखोला गाउँपालिकाका एक युवाले आफ्नो जन्म दिनको अवसर पारेर स्थानियहरुलाई माक्स र सावुन वितरण गरेका छन् ।
गल्कोटको हरिचौरमा रहेको न्यू एरा होटलका प्रोपाइटर निर्मल घिमिरेले आफ्नो २४ औं जन्मउत्सवको अवसरमा मंगलबा जन्मगाउँ तारोखोला गाउँपालिकाको हिलका स्थानियहरुलाई माक्स र साबुन वितरण गर्नुभएको हो ।


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि आफ्नो जन्म दिनको खर्च कटाएर जन्मगाउँमा माक्स र साबुन वितरण गरेको घिमिरले बताउनुभयो । घिमिरेले उपलब्ध गराएको माक्स र साबुन प्रगतिशिल युवा क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारी, प्रतिनिधि नविन लामिछाने, शान्त खत्री मौसम, मोहन भर्ताल सहितको टोलीले घर–घरमा पुगेर माक्स वितरण गरेका थिए ।
मंगलबार साविकको हिल गाविसको काँक्राखोरको ८ र ९ मा ४ सय थान माक्स र सावुन वितरण गरिएको क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले बुधबार पनि वितरण गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here