कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालको लागि स्थगित

काठमाडौँ, २५ चैत ।
राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो ।
बोर्डिले अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ । सरकारले लकडाउन खोलेपछि मात्र अर्को सूचना प्रकाशित गर्ने बोर्डले जनाएको छ ।
कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ ग्तेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here