
बागलुङ, २५ चैत ।
काेराेना संक्रमित पहिचान भएका तीन जिल्लामा सरकारले गर्ने भनेको र्यापिड डायग्नोस्टिक टेष्ट बागलुङमा तुरुन्तै नहुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंका अनुसार र्यापिड टेष्ट किटको परिक्षण अन्य जिल्लामा भएपछि मात्र प्रयोग गरिने भएकाले बागलुङमा कोरोना परिक्षणमा केहि समय ढिला हुने भएको छ ।
२२ चैतमा बसेको मन्त्रीपरिषद बैठकले कोरोनाको संक्रमित देखिएको बागलुङ कैलाली र कञ्चनपुरमा ¥यापिड डायग्नोस्टिक टेष्ट गर्ने निर्णय गरेको थियो ।
पहिलो चरणमा कैलाली र कञ्चनपुरमा र्यापिड टेष्टको गुणस्तरको चेक गरिएपछि मात्र बागलुङमा कोरोनाको परिक्षण गरिने भएको हो ।
सोहि अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत चिकित्सकहरुको टोली खटाई सम्बन्धीत जिल्लाका चिकित्सकहरुसँग सहकार्य गरेर कोरोनाको परिक्षण गरिने जनाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंबाट आईतबार बेलुका नै बागलुङको लागि चिकित्सकहरुको टोली हिडेको भने पनि अहिलेसम्म बागलुङमा आएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गुरौले समाचारमा टोली हिडेको भन्ने सुनिएपनि आफुहरुलाई कुनै आधिकारिक सूचना नआएको र अहिले सम्म टोली बागलुङमा नआएको जानकारी दिए । उनले पहिले किटको परिक्षण हुनुपर्ने र त्यसले सहि रिपोर्ट दिएपछि मात्र बागलुङमा परिक्षण गरिने बताए ।
बागलुङमा बेल्जियमबाट आएका २ जनालाई कोरोनाको संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका र विदेशबाट आएकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट गरिने छ । र्यापिड टेष्टको आधारमा संका भएका व्यक्तिहरुलाई पिसिआर गरेर संक्रमित हो कि होइन भन्ने रिपोर्ट निकालिने छ ।
काेराेना संक्रमित दुवै जनाकाे धाैलागिरि अंचल अस्पतालमा उपचार भैरहेकाे छ । दुबै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्तालका निमित प्रमुख डाक्टर शैलेन्द्र वि पाेखरेलले जानकारि दिनुभयाे ।
यस अघि दुवै जनाकाे परिवारका सदस्यकाे स्वास्थ्य परिक्षण गर्दा काेराेना संकमण नभएकाे पुष्टि भएकाे थियाे ।










