लकडाउन अवज्ञा गर्नेहरू प्रहरी कार्वाहीमा

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २५ चैत
सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरि लगाएको लकडाउन फितलो भएपछि यतिबेला कडा रूपमा प्रस्तुत भएको छ । बागलुङ जिल्लामा प्रहरी कडिकडाउ रूपमा उत्रिका छन् । लकडाउन उलंघन गरि बजारमा छरपस्ट हिड्नेलाई प्रहरीले धमाधम कार्वाहीमा परिरहेका छन् ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्ने मंगलबार दुई दर्जनभन्दा बढी ब्यक्ति प्रहरीले पक्राउ गरि कोरोना भाइरसले पुर्‍याउने क्षति बारे कलास दिएर छोड्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलाइ पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेका छन् । प्रहरी लकडाउन उल्लघंन गर्ने ब्यक्तिहरू लाई बिहान देखि पक्राउ गरि धौलागिरि बहुमुखी क्याम्पसको प्रागंनमा संझाइ बुझाइ छोडेपनि अझै बागलुङमा यसको पुर्ण रूपमा पालना भएको छैन ।


आइसोलेसनमा घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घर बाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सरकारले घोषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न तरकारी लगायतका सामाग्री समेत खरिद गर्न ननिस्कन एक दिन पहिलै सुचना जारी गर्दासमेत वास्ता नगरे पछि प्रहरी कार्वाहीमा उत्रिएका हुन् ।
बागलुङ सदरमुकाम लगाएको लकडाउन लाइ उलंघन गर्दै बागलुङका मान्छेहरू सडकमा छरपस्ट मोटर साइकल स्कुटी र गाडी लिएर हिड्न थालेपछि यसको जनस्तरबाटै बिरोध भएको थियो । कोरोना भाइरस (कोभिड–१९)बाट अहिलेसम्म बागलुङ जिल्लामा संक्रमित पुष्टि भइ अहिले धौलागिरि अन्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा बसेर उपचार गरिरहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here