आपतकालिन अवस्थामा खटिने बागलुङ नगरको टोलीलाई पिपिई लगाउने तालिम

बागलुङ, २४ चैत ।
कोरोना भाइरसको जुनसुकै आपतकालिन अवस्थामा खटिने बागलुङ नगरपालिकाको टोलीलाई स्वास्थ्य सामाग्री प्रयोग सम्बन्धी अभ्यास गराईएको छ ।
नेपाली सेनाको टोलीले नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन र हेल्थ क्याम्पमा खटिने स्वास्थ्यकर्मी, गाडी चालक र नगरप्रहरीलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाउने र कोरोना संक्रमित व्यक्तिको उपचार कसरी गर्नेभन्ने बारेमा जानकारी गराएको हो ।


अभ्यासमा संक्रमित विरामीहरुलाई उद्धार गरि अस्पतालसम्म पु¥याउने विषय र पिपिई लगाउने विधिको बारेमा जानकारी गराइएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
२३ नम्बर बाइनी अड्डाका डाक्टर राधिका सापकोटाको टोली र बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले विरामीको उद्धार गर्दा पिपिई, ग्लोबस्, माक्स लगायतका सुरक्षित सामाग्रीहरु कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।


कोरोना रोकथामको लागि अग्रपन्तीमा रहेर काम गर्नेहरुको सुरक्षाको लागि तालिम दिइएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ड्राइभरहरु संक्रमित विरामीको उद्धारको लागि र उपचारको लागि पहिलो विन्दुमा रहेर काम गर्ने भएकाले उहाँहरुको सुरक्षाको लागि सामाग्री प्रयोग गर्ने सम्बन्धी तालिम दिइएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here