लक डाउनको अवधी बैशाख ३ सम्म लम्वियो

काठमाडौं, २४ चैत ।
सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यससँगै बैशाख ३ गतेसम्म लकडाउन हुने भएको छ ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन १ हप्ता थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका पहिलो चरणमा गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियोभने दोस्रो चरणमा चैत २५ गतेसम्म गरिने निर्णय गरेको थियो । अब बैशाख ३ गतेसम्म लकडाउन हुनेछ ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here