
बागलुङ, २३ चैत ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न सुरु गरेको छ ।
सरकारले लगडाउनलाई झन् कडा पार्ने निर्णय गरेको भोली पल्टै (आज, आईतबार) जिल्ला प्रहरी कार्यालयले उल्लंघन गर्नेहरुलाई पक्राउ गर्न थालेको हो ।
आईतबार विहान बागलुङ बजारको सडकमा हिड्ने ४० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपि) नवराज भट्टले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक काम नपरेका मानिस भित्रै बसिदिन अनुरोध गर्दा समेत नटेरेपछि पक्राउ गर्न सुरु गरिएको बताउनुभयो ।

नियन्त्रणमा लिईएकालाई केहि घण्टा प्रहरी कार्यालयको परिसरमा राखेर छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार नै फेसबुक मार्फत खाद्यान्नको लागि पसलहरुको फोन नम्बर लिइ घरमै मगाउन र पसललाई घर, घरमा पु¥याउन अनुरोध गरेको छ ।
प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कारवाही गर्ने कार्य जारी राख्ने जनाएको छ ।
तस्विरः राजेशचन्द्र राजभण्डारी










