
बागलुङ, २२ चैत ।
नेपालको छैटौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित ६५ बर्षिय महिलाको परिवारलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
शनिबार महिलाको परिवारका ४ सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–३ की ती महिलालाई बिहिबार कोरोना संक्रमणको पुष्टि भएपछि शुक्रबार धौलागिरी अञ्चल अस्पतालका चिकित्सवहरुले घरमै पुगेर ८८ बर्षिय ससुरा, कान्छि बुहारी र २ नाति गरि ४ जनाको घाँटीको स्वाब संकलन गरेका थिए । उक्त स्वाब शनिबार विहानै परिक्षणको लागि पोखरा पठाइएको थियो ।










