बागलुङकी दोस्रो संक्रमितको परिवारको नमुना परिक्षणको लागि पठाइयो

बागलुङ, २२ चैत ।
कोरोना संक्रमित बागलुङ नगरपालिका–३ की ६५ बर्षिय महिलाको परिवारको नमुना परिक्षणको लागि पठाइयो छ ।
धौलागिरी अञ्चल अस्पतालका चिकित्सवहरुले हिजो शुक्रबार घरमै पुगेर उनको परिवारका ४ सदस्यको स्वाब संकलन गरि परिक्षणको लागि (आज) शनिबार पोखरा पठाइयो हो ।
संक्रमित महिलाको परिवारमा रहेका उनका जेठा छोरा, बुहारी, नाति र नातिनिको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
४ चैतमा बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ विमानमा सवार बागलुङकी ६५ बर्षिय महिलालाई बिहिबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनी आएको उक्त विमानमा सवार काठमाडौंकी १९ बर्षिय युवतीमा १० चैतमा भाइरसको संक्रमणदेखिएपछि उनीसँगै आएकी बागलुङकी १९ बर्षिय युवतीको परिक्षण गरिएको थियो । उनलाई पनि १५ चैतमा भाइरसको संक्रमण देखिएपछि ६५ बर्षिय महिलाको स्वाब परिक्षण गरिएको थियो ।
संक्रमित बागलुङका दुवै जना धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here