संक्रमित कुँडुलेकी युवतीको परिवारका सदस्यलाई कोरोना नभएको पुष्टि

बागलुङ, २१ चैत ।
कोरोना संक्रमित बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको परिवारलाई कोरोना नभएको पुष्टि भएको छ ।
मंगलबार संक्रमित युवतीको परिवारका ७ सदस्यको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्प्तालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
परीक्षणका लागि पठाइएको मध्ये बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिनमा सबैको रिपोर्ट आएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकृत गौतमका अनुसार संक्रमित युवतीका हजुरबा, हजुरआमा, बुबा, फुपु, फुपुका २ छोरी र १ छोरालाई संक्रमण नदेखिएको जानकारी दिनुभयो ।
१९ बर्षिय युवतीलाई चैत १० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । ४ चैतमा कतारबाट आएको कतार एयरवेजको क्यूआर ६५२ विमानमा सवार काठमाडौंकी १९ बर्षिय युवतीमा संक्रमण पुष्टि भएपछि सोहि विमानमा सवारहरुको खोजी गरिएको थियो । उक्त खोजी पछि बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएकी उनको नमुना परीक्षणको लागि पठाइएको थियो । १५ चैतमा आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको परिवारको नमुना परिक्षण गरिएको हो ।
यस्तै संक्रमण युवतीसँगै बेल्जियमबाट आएकी बा.न.पा.–३ की ६५ बर्षिय महिलालाई भने कोरोना संक्रमण देखिएको छ । उनलाई हिजो बुधबार भाइरसको संक्रमण देखिएको पुष्टि भएको हो । उनीहरुलाई काठमाडौं ल्याउन गएका ६५ बर्षिय महिलाका जेठा ज्वाईको रिपोट नेगेटिभ आएको । उनलाई कोरोना नभएको पुष्टि भएको हो ।
संक्रमित दुवै सवार विमानमा आएका बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरका युवालाई पनि संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । उनको रिपोर्ट पनि बुधबार (हिजो) आएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here