पर्वत अस्पतालको आइसोलेसनमा रहेका दुई युवामा कोरोना नभएको पुष्टि

पर्वत, १९ चैत ।
कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ ।
कोरोना संक्रमणको आशंकामा सोमवार जलजला गाउपालिका ७ धाईरिङका विजय रिजाल र जलजला ८ नाङ्लीवाङ्का कृष्ण रोका को स्वाव परिक्षण गर्न लगिएकोमा उहाँहरू दुवैजनाको रिपोर्ट आज नेगेटिभ आएको हो ।
कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका रिजाल र युवती संग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको हो ।
दुबै युवाको थ्रोड स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताउनुभयो । उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देबकोटाले बताउनुभयो
पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवा गत चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट युवती संगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन ।
संक्रमणको आशंका युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोड स्वाब परिक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा बस्न नपर्ने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here