
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १८ चैत
बिश्वब्यापी महामारीको रूपमा कोरोना फैलिएर देश लकडाउन भएको ८ दिन पुगिसक्दा पनि मानव सेवा आश्रममा बस्नेहरूलार्इ भने कोरोना भाइरस कोभिड १९ ले केही प्रभाव पारेको देखिदैन ।
कोरोना भाइरस कोभिड १९ को कारणले देश लकडाउनमा गएको ८ दिन पुगिसक्दा समेत बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा रहेका जेष्ठ नागरिक, महिला, बालबालिका, अपांग, अशक्तहरूलाइ भने कोरोना भाइरसको प्रभाव बारे अनभिज्ञ छन् । आश्रममा बसेर दिन बिताउने ४२ जनाको दैनिकी सदाझै निरन्तर रूपमा चलिरहेको छ । अहिलेसम्म यहाँ भित्र बस्ने कसैलाई पनि कोरोनाको महामारी बारे नत थाहा नै छ नत चासो नै । सरकारले लकडाउन घोषणा गरेपनि आश्रममा बस्नेहरू सधैं लकडाउन मै दिन बिताउने गर्छन् ।
बाहिर कोरोनाको महामारी चलिरहेको छ हामीले आश्रममा बसेर ४२ जनाको सेवा गरिरहेका छौ । बाहिर जाने अबस्थामा छैनौं भित्र हामीले गर्नुपर्ने सबै उपाय अपनाएका छौ अहिलेसम्म कुनै समस्या भने नभएको मानव सेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बताए ।
कोरोना आयो कोरोना रोग आयो भन्ने सुनेको छु । त्यो के हो त्यो आफुलाई थाहा नभएको आश्रममा बस्दै आएकी डम्बरी बताउछिन् ।

अहिले आश्रम भित्र रहेका आमा बाबा सबैलाई साबुनपानीले हात धोएर मात्र खाना खुवाउने काम गरिरहेको सुरक्षा गार्ड बताउँछन् । आश्रम भित्र पनि सुरक्षित रहनको लागि मास्क लगाउन लगाएको उनि बताउँछन् ।
यतिबेला देश पुरै लकडाउन भएर सबै ठप्प भएको बेला मानवीय भावनाले संचालन भएका यस्तो आश्रमको बारेमा ध्यान दिने कसैलाई फुर्सद भने देखिदैन ।
बागलुङ नगरपालिका वडा नम्बर ३ किनारा टोलमा अबस्थित मानव सेवा आश्रमलार्इ बागलुङ जिल्लाका सबै तह र तप्काका ब्यक्तिहरूले दैनिक रूपमा गरेको सहयोगबाट चलिरहेको छ ।
कोरोनाले दैनिक खाध्य बस्तु लगायतका उपभोग्य बस्तु बाहिर बजारमा अभाव भइरहेको समयमा आश्रममा भने अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन । बागलुङ नगरपालिकाले मानव सेवा आश्रमको अभिभावकत्व ग्रहण गरेर केही रकम सहयोग गर्दै आएको छ । आश्रममा रहेका जेष्ठ नागरिक महिला बालबालिका अपांग अशक्तहरूलाइ बेलाबेलामा स्वास्थ जाँच हुँदै आआएकोमा अहिले कोरोना भाइरसले लकडाउन भएपछि अहिले स्वास्थ जाँच हुन पाएको छैन ।
आश्रममा रहेका ब्यक्तिहरूलाई कोरोना भाइरसको संक्रमण बाट जोगिनको लागि बागलुङका ब्यबसायीले मास्क र सेनिटाइजर समेत प्रदान गरेको छ । अहिले बागलुङ नगरपालिका भित्रै एकजना युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि भने बागलुङ जिल्लामा संत्रास बढेर गएको छ ।










