
बागलुङ, १८ चैत ।
बैदेशिक रोजगारीमा जापानमा रहेका काठेखोला गाउँपालिका–५ का दुई युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना भाइसरको कारण ज्याला मजदुर गरेर जीविकोपार्जन गर्दैल आएका स्थानीयको समस्यालाई मध्यनजर गरि हाल जापानमा व्यवसाय संचालन गर्दै आएका काठेखोला–५ कर्लिमका ऋषिराम कंडेल र सुमन कंडेलले वडा नम्बर ५ र ६ का ६२ विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

विदेशमा रहेका युवाहरुले वडा नम्बर ५ का वडाअध्यक्ष शिवप्रसाद कंडेलसँग समन्वय गरि १ लाख १० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् । विपन्न परिवारलाई चामाल, दाल, तेल, नुन र साबुन वितरण गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

उक्त खाद्यान्न वडा नम्बर ५ का वडाअध्यक्ष शिवप्रसाद कंडेल, सदस्यहरु भ्ुमिश्वर कंडेल, शिवलाल कंडेल, खगिशरा न्यौपाने, विवाईसि काँठेखोला–५ का प्रतिनिध नेत्र प्रसाद कंडेल र वडा नम्बर ६ का वडाअध्यक्ष युक्त प्रसाद कंडेल, विहुँ प्रहरी चौकीका प्रसनी भोजेन्द्र बहादुर गुरुङ, पत्रकार भरत सापकोटा लगायतको टोलीले विपन्न परिवारको घरमै पुगेर खाद्यान्न सहयोग गरेको थियो ।










