संक्रमित युवतीसँगै आएका ढोरपाटनका युवाको नमुना परीक्षणको लागि पठाईयो

हेम विश्वकर्मा
बुर्तिबाङ (बागलुङ), १७ चैत ।
कोरोना संक्रमित युवतीसँगै आएका बागलुङ ढोरपाटन नगरपालिकाका युवालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाईएको छ ।
फ्रान्स र बेल्जियमबाट कतारहुँदै एकै बिमानमा आएका दुई युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवाको पनि स्वाब परिक्षण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
युवाको स्वाब नमुना लिनको लागि बागलुङबाट स्वास्थ्य प्राबिधिक टोली सम्बन्धित स्थानमा आएको थियो । स्वाब नमुना लिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिस्टेन्ट डिल्ली आचार्यले जानकारी दिनुभयो ।
संक्रमण आशंका गरिएका युवामा कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । अहिले उनी होम क्वरेन्टाइनमा रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here