
बागलुङ, १६ चैत ।
काठेखोला गाउँपालिका–१ ले कोरोना भाईरसको संक्रमणबाट सतर्कता तथा सावधानी अपनाउनको लागि टोलस्तरीय समिति गठन गरेको छ ।
वडा स्तरीय विपद व्यवस्थापन समितिको आईतबार बसेको बैठकले भाइरसको क्रमण भित्रिन नदिनको लागि ६ वटा टोल स्तरिय समिति गठन गरेको हो ।
समितिले चनौटे दोविल्ला टोल समितिको संयोजकमा कृष्ण थापा, नर्लुङ खहरे ठुलोसाल समितिको संयोजकमा जुद्ध बहादुर खत्री, धिमी समितिको संयोजकमा राजु नेपाली , छापा ठुलोखोला फप्रेटा समिति संयोजकमा गोरे वि.क., पाला समितिको संयोजकमा गोविन्द बहादुर खड्का र करिना समितिको संयोजकमा दिल बहादुर रोकालाई जिम्मेबारी दिइएको छ ।
समितिहरुले आफ्नो टोलमा पूर्ण रुपमा सावधानीका उपाय परिपालन गर्ने र लगार्न लगाउने, टोलमा भएका मानिहरुको अवस्था पहिचान गरि व्यवस्थापन गर्ने, विदेशबाट आएकाहरुलाई वडा कार्यालयले बनाएको क्वारेन्टाइनसम्म लैजाने काम गर्ने वडाअध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो ।

विदेशबाट आएकाहरुलाई सरस्वती प्राविमा क्वारेन्टाइन निर्माण गरि राखिने वडाअध्यक्ष थापाले जानकारी दिए ।
वडा कार्यालयले निर्माण गर्ने क्वारेन्टाइन व्यवस्थापनको लागि देविलाल छन्त्याल र दिलबहादुर गौचनले बेड प्रदान गर्ने जनाएका छन् । यस्तै कसैले क्वारेन्टाइनको लागि सहयोग गर्न चाहेमा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।
वडा कार्यालयले सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र कसैले अवेज्ञा गरेमा कारवाही गरिने जनाएको छ ।










