बागलुङ, १६ चैत ।
कोरोना भाइरस संक्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले देशभर लागु हुने गरी ‘लकडाउन’ घोषण गरेको छ ।
लकडाउन सहरी क्षेत्र र सदरमुकाममा कडाईका साथ पालन भए पनि ग्रामिण क्षेत्रमा प्रभावकारी बन्न सकेको छैन । विदेश र सहरी क्षेत्रबाट गाउँ फर्केकाहरुको चहल पहल गाउँमा बढदै गए पछि त्रास फैलिएको छ ।
सरकारले घोषण गरेको निषेधाज्ञा पूर्ण पालन नभए पछि बागलुङको काठेखोला गाउँपालिकाले ‘लकडाउन पूर्ण पालना नगर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको अनलाईन बैठकले निषेधाज्ञाको अवधिमा आपसी भेटघाट, भोजभतेर, खेलकुद, सामुहिक काम काम, मेलापात, पर्म, हुद्दा, सामुहिक मनोरञ्जन लगायतका कार्य गर्नेलाई कार्वाहीको दायरामा ल्याउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाले विदेशबाट आउनुभएका सम्पूणलाई होम क्वारेन्टाईनमा बस्नु अनुरोध गर्दे लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
यस्तै शनिबार अनलाईन मार्फत बसेको कार्यपालिकाको बैठकले कोरोना रोगको रोकथाम र व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले उक्त कोषमा १० लाख रुपैयाँ राख्ने गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
उक्त कोषमा सहयोग गर्नको लागि अन्य संघ, संस्था, व्यक्तिहरुलाई अपिल गरेको छ । गाउँपालिकाको नाममा चल्ति खाता खोल्ने र उक्त खातामा सहयोग जम्मा गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत विकले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here