
रोशन तिवारी
पर्वत, १६ चैत ।
पर्वत कोरोना अस्पतालमा भर्ना भएका एक यूवाको स्याव परिक्षण नेगेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका ती युवाको रिर्पोट नेगेटिभ आएको हो ।
उनी कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका थिए । उक्त विमानमा आउने काठमाडौं र बागलुङका दुई जना युवतीलाई भने भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको पर्वत अस्पतालका प्रमुख डा. शिशीर देबकोटाले जानकारी दिनुभयो ।
उनलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो । उनी बागलुङ्ग जिल्ला घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए । पर्वत कोरोना अस्पतालमा भर्ना भएकी अर्की महिलाको भने रिर्पोट आएको छैन ।










