सरकारद्वारा थप ८ दिन लकडाउन गर्ने निर्णय

काठमाडौं, १६ चैत ।
कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत मंगलबारदेखि जारी लकडाउन ८ दिन थप गरिएको छ ।
मन्त्रिपरिषदको आईतबार बसेको बैठकले अरु ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।
आजै बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकमा नयाँ अभ्यास । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

गत मन्त्रिपरिषद्को निर्णयले कोरोना फैलिन नदिन भन्दै ११ चैतदेखि १८ चैतसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ । योसँगै अब लकडाउनम चैत्र २६ गते बिहान ६ बजे सम्मका लागि पुगेको छ ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।
नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ भने एक जना उपचारपछि निको भएर फर्किसकेका छन् ।
साथै सरकारले लकडाउन थप्ने निर्णयसहित अन्य ६ वटा निर्णय गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here