बागलुङ, १५ चैत ।
आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । संक्रमित युवती दुई महिना अघि मात्रै बेज्जियममा रहेको आमा बुवा भेटको लागी गएकी थिईन ।
हालसम्म संक्रमति मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।
बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी युवतीकोे धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । युवतीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकोले तत्काल सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको धौलागिरी अंचल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन डा. शैलेन्द्र वि. पोख्रेलले जानकारी दिए ।
विरामीलाई ज्वरो, खोकी छैन, श्वास प्रश्वासमा पनि समस्या देखिन्न डा. विकले भने–‘होम आईसोलेसन’मा राखेर उपचार गर्ने विषयमा छलफल भैरहेको छ । अन्य ठाउँमा पनि विरामीको अवस्था जटिल नहुँदा घरमै उपचार गर्ने अभ्यास रहेको डा. विकको भनाई छ ।
विरामीलाई घर बाहिर निकाल्द समुदायमा संक्रमणको सम्भावना बढ्ने हुँदा घरमै उपचारको व्यवस्था गर्ने उनको भनाई छ ।
किशोरी घर फर्कनु १ महिना अगाडी उनका बाबा घर फर्केका थिए । चैत ४ गते विहान १० बजे त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उनी बिमानस्थलबाट सिधै आन्तरिक बिमानस्थलमा ट्याक्सीमा गएकी थिइन । त्यहाँबाट उनी दिउसो १२.४५ को एति एयरलाईन्सको ६७९ विमानमा पोखरा झरिन् । पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किमी आईपुगेकी उनलाई त्यहाँबाट स्कारपियोले बागलुङ बजार ल्याएको हो । स्कारपियोको सवै सिटमा यात्रु थिए ।
घर आएको केहि दिनमा ज्वरो आएपछि ११ गते धौलागिरी अञ्चल अस्पताललाई खबर गरिए पनि पिपिइको अभावको कारण १२ गते विहान मात्र उनको स्वाब परीक्षणको लागि निकालिएको थियो । संक्रमण देखिएकी युवतीको घरमा उनका बाबासँगै हजुरबा र हजुरआमा रहेका छन् ।
उनीसँगै आएकी बानपा–३ की महिलामा कुनै लक्षण नदेखिएकोले अहिलेसम्म परीक्षण भएको छैन । उनलाई पनि होम क्वारेन्टाइनमै राखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here