कोरोना संक्रमणबाट बच्न बोहोरागाउँका ३ सय घरधुरीलाई साबुन वितरण

विनोद विश्वकर्मा
बागलुङ (बुर्तिबाङ), १५ चैत ।
निसीखोला गाउँपालिका–३ बोहोरा गाउँका ३ सय घरधुरीलाई साबुत वितरण गरिएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न वातावरण संरक्षण मञ्च बोहरागाउँले शुक्रबार र शनिबार गरेर प्रत्येक घरधुरीलाई १–१ ओटा हात धुने सावुन वितरण गरेको हो ।
कोरोनाको संक्रमणबाट बच्नको लागि माक्स वितरण गर्ने योजना बनाएपनि बजारमा माक्सको अभाव भएकाले सावुन पानीले हात धुनुपर्ने सन्देश दिन १० हजार लगानीको सावुन वितरण गरिएको मञ्चका अध्यक्ष फस्टबहादुर चन्दले बताउनुभयो ।
विपदका बेलामा सरकारको मात्र मुख ताक्नु भन्दा पनि जसले जती गर्न सकिन्छ त्यहीनै सहयोह गरेर जोखीम कम गर्न सकिने भन्दै क्लवले साबु्न बितरण गरेको क्लवका सचिव कोपिदेव चन्दले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here