
बागलुङ, १५ चैत
बागलुङमा यस वर्ष चैत्राष्टमी मेला नहुने भएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाईरसको संन्त्रासको कारण चैत्राष्टमी मेला आयोजना नगर्ने निर्णय भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन कालिका भगवती मन्दिरमा लाग्ने चैत्राष्टमि मेला लाग्दै आएको थियो ।
कालिका भगवती मन्दिरमा पूजाअर्चना एवं चैतदशैँ मेला भर्न स्वदेश तथा छिमकी देशहरुबाट हजारौँको संख्यामा श्रद्धालुहरु आउने गर्छन् । कम्तीमा ३÷४ दिन सम्म लाग्ने मेलामा ग्रामिण भेगका स्थानीय उद्यमीद्वारा उत्पादिन बाँसका डोका, डाला डाली, नांग्ला, ठेका ठेकी, फलामबाट बन्ने औजार लगायतको बजार लाग्छ भने लाखौँको बन्दव्यापार हुने गर्दथ्यो ।
मन्दिरमा आउने श्रद्धालुहरुलाई भीडभाड नगरी पूजाअर्चना गर्न अनुरोध गरेको अध्यक्ष खडकाको भनाई छ ।










