स्वास्थ्य संस्थाहरुलाई ढोरपाटन नगरपालिकाले दियो पीपीई

बागलुङ, १४ चैत ।
बागलुङको ढोरपाटन नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षा सामाग्री ९पीपीई० उपलब्ध गराएको छ ।
विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरेर उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि नगरपालिकाले पीपीई उपलब्ध गराएको हो ।
पोखराबाट सुरक्षा सामाग्री लिएर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । हाल नगरपालिकाले १० थान पीपीई लिएर ४ वटा ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई र ६ वटा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराएको पोखरलेको भनाई छ ।
नगरपालिकामा आगामी आइतबार ५० थान पीपीई आउने उहाँले बताउनुभयो । यस्तै, गलकोट नगरपालिकाले शुक्रबार १० थान पिपिई, ८ सय ५० वटा सेनिटाइजर र २ सय बढि माक्स खरिद गरि हस्तान्तरण गरेको हो ।
नगरपालिकाले गलकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक केन्द्र, पत्रकार तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर हस्तान्रण गरेको हो ।
नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि ४ ओटा पिपिई स्वास्थ्यकर्मीको सुरक्षाको लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन जिबन नेपालीलाई हस्तान्रण गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
नगरपालिकाले ६ वटा पिपिई आवश्यकता अनुसार तत्काल प्रयोग गर्न सक्ने गरि नगरपालिकाको स्वास्थ्य शाखामा सुरक्षित राखेको नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो ।

 

 

तस्विरः ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको फेसबुकबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here