बागलुङ नगरले अभिभावक विहिन, मजदुर, गरिव परिवारलाई दिवा खाना खुवाउने

बागलुङ, १४ चैत ।
बागलुङ नगरपालिकाले बेसाहार, अभिभावक विहिन, ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुर, गरवि, अति विपन्न व्यक्तिलाई दिवा खाना खुवाउने भएको छ ।
नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै नगरपालिका र बानपा–४ कुँडुलेमा रहेको तिरुपति बालाजीधाम शालिग्राम संग्रहालयको व्यवस्थापनमा १५ गते (शनिबार)देखि धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा दिवा खाना खुवाउन लागिएको जनाएको छ ।
नगरप्रमुख जनकराज पौडेलले जारी गरेको सुचनामा बजारको घनावस्ती रहेको मुख्य बजार क्षेत्रमा भाइरसका किटाणुहरु फैलिन नदिन किटनाशक औषधि छर्कने व्यवस्था गरिएको जनाइएको छ ।
यस्तै मजदुर, अति विपन्न, सामाजिक सुरक्षाबाट समेत बच्चित व्यक्त वा परिवारलाई निश्चित परिणाममा राहत खाद्यान्न सामाग्री उपलब्ध गराउन वडा कार्याको संयोजनमा स्थानीय तहमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुको सहकार्यमा तत्काल लगत संकलन गरी वडा मार्फत वितरण गर्ने गरी व्यवस्था मिलाइने बताइएको छ ।
नगरपालिकाले १५ लाख बराबरको कोरोना भाइरस (कोभिट–१९) राहत एवं उद्धार कोष स्थापना गर्ने भएको छ ।
उक्त कोषमा थप सहयोगका निम्ती संघीय सरकार, प्रदेश सरकार एवं इच्छुक सरोकारवाला सबै संघसंस्था, व्यक्ति, समुदायहरुलाई अनुरोध गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here