काठेखोलाका स्वास्थ्य संस्था २४ सै घण्टा खुल्ला हुने

145

बागलुङ, १४ चैत ।
काठेखोला गाउँपालिकामा विदेशबाट आएका ४६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले सम्पूर्ण वडाहरुमा विदेशबाट आएका युवाहरुको तथ्यांक संकलन गरि उनीहरुलाई होम क्वारेन्टाइनमा रहन अनुरोध गरेको छ ।
गाउँपालिकालेको वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ भीमापोखरामा ५ जना, वडा नम्बर ३ धम्जामा ५ जना, वडा नम्बर ४ तंग्राममा ४ जना, वडा नम्बर ५ र ६ विहुँमा १५ जना, वडा नम्बर ७ रेशमा ४ जना र वडा नम्बर ८ लेखानीमा ९ जना युवाहरु विदेशबाट फर्केको गाउँ कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य चौकीले उक्त तथ्यांक संकलन गरेको बताउनुभयो ।
विदेशबाट फर्किएकाहरुको स्वास्थ्य चौकीबाट स्वास्थ्य चेकजाँच गरिएको र होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामाले जानकारी दिनुभयो ।


भारत, जापान ,बहराईन र दक्षिण कोरियामा रोजगारीको शिलशिलामा गएका युवाहरु घर फर्किएका हुन् । उनीहरुलाई वडा कार्यालयको स्वास्थ्य चौकीबाट नियमित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको कार्यपालिका सदस्य विकले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लामाको नेतृत्वमा बुधबार र बिहिबार गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी र इकाइमा इर्मेजेन्सी औषधिहरु वितरण गरिएको छ । उक्त अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीलाई २४ सै घण्टा खुल्ला गर्न र २–२ जना स्वास्थ्यकर्मीहरुलाई पालैपालो सेवा प्रदान गर्न निर्देशन दिएको लामाले जानकारी दिनुभयो ।
सरकारले मुलुक ‘लकडाउन’ गरेपछि गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छ । गाउँपालिकाका आठै वडालाई तथ्यांक संकलन गर्न लगाएर मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

तस्विरः टिका संगम विक

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here