माइकिङ मार्फतः वडावासीलाई कोरोनाबाट त्रसित नभई, सतर्क रहन आग्रह

49

बागलुङ, १३ चैत ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे वडाबासीलाई सचेत र सजग गराउन काठेखोला गाउँपालिका–८ लेखानीले सार्वजनिक आपिल गरेको छ ।
कोरोना भाईरसको संक्रमबाट त्रसित नभई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विहिबार वडाभित्र माईकिङ गरिएको हो ।
धम्जा प्रहरी चौकी विहुँका प्रहरी प्रमुख हवलदार जंगबहादुर नेपालीको नेतृत्वमा लेखानीमा भाइरसबाट बच्ने उपायको बारेमा सचेतना सम्बन्धि माइकिङ गरिएको वडाअध्यक्ष चित्रकला श्रीसले जानकारी दिनुभयो ।
सरकारले देशभर ‘लकडाउन’ गरेकाले घरबाट बाहिर हिडडुल नगर्न, साबुन पानीले हात धुन, अरुसँग हात नमिलाउन, ज्वरो आएमा खोकी लागेमा स्वास्थ्य चौकी जान माइकिङबाट जानकारी गराइएको थियो ।
लेखानीमा विदेशबाट आउने क्रम बढि रहेकाले १५ दिनसम्म छुट्टै कोठामा होम आइसोलेसन बनाइ बस्न आग्रह गरिएको छ । यस्तै ग्रुपमा बस्नेहरुलाई समेत भाइरसबाट बच्ने उपायको बारेमा जनचेतना गराएको वडाअध्यक्ष श्रीसले बताउनुभयो ।
त्यस्तै काठेखोला गाउँपालिका–५ बिहुँले पनि जनचेतनाको लागी वडा भित्र माईकिङ गरेको छ । कोरोना संक्रमणबाट त्रसित नभई सतर्क रहनुपर्ने आग्रहका साथ चेतनामुलक माईकिङ गरिएको थियो ।
वडा सदस्य भुमिश्वर कँडेलका अनुसार ६ जना जापान, १ जना बराईन र ५ जना भारतबाट फर्केका व्यक्तिलाई घरमै एकान्तबासमा राखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here